विपत्तिको बेला सरकार संवेदनशील बनेन: सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डा प्रकाश शरण महतले विपत्तिको बेला सरकार संवेदनशील नभएको भन्दै आलोचना गरेका छन्। 

मंगलबार जुम मार्फत भएको भिडियो कन्फरेन्स कार्यक्रम उनले यस्तो बताएका हुन। 

‘अहिलेको सरकारले बाढि तथा अन्य बिपत्तिबाट पीडितहरुलाई राहत दिन भन्दा बढी हवाई यातायातमा खर्च गर्ने र मन्त्री तथा नेताकार्यकर्ताको लस्कर लगाउने असंवेदनशील कार्य गरेको छ,’ उनले भने, ‘यो कार्य अत्यन्तै दुखदायी छ।’

उनले बिपि कोइरालाको बिचारबाट मात्रै नेपालले समुन्नति प्राप्त गर्ने जकिरि समेत गरे।

यो देशको राष्ट्रियतालाई बलियो नबाई लोकतन्त्र बलियो नबन्ने र लोकतन्त्र बलियो नभए देशको कमजोर बन्ने भन्दै अहिलेको सरकारलाई त्यतातिर ध्यान दिन पनि आग्रह गरे।

यस्तै सरकारले एकपछि अर्को नराम्रो काम गरिरहेको भन्दै त्यस्ता नराम्रा गतिविधिलाई रोक्न कांग्रेसका सम्पूर्ण नेताकार्यकर्ताहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: : 2020-09-09 19:28:52

प्रतिकृया दिनुहोस्