उपत्यका प्रवेश गर्ने प्रमुख नाका साँगामा खटिएका ८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ।
अस्थायी पोष्ट बनाएर साँगामा खटिएको सशस्त्र प्रहरी बल १५ नम्वर गण पाँचखालको टोलीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले जानकारी दिए।
भदौ १८ गते साँगामा नै खटिएका दुई सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
हालसम्म जिल्लाका ४० सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। संघीय प्रहरी इकाई वाग्मतीका १९, जिल्ला प्रहरी कार्यलयमा कार्यरत ३ प्रहरी, नेपाली सेनाको शान्ति कार्य तालिम केन्द्रका ५ सहित ८ सैनिक र १० सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।