बुधबार, १७ डिसेम्बर २०२५

नेपाल राष्ट्र बैंकले तोक्यो तीन 'फोकल पर्सन'

News Image
• • •

 नेपाल राष्ट्र बैंकले  सेवाग्राहीको जिज्ञासाको जवाफ एवमं समस्या समाधान गर्न सम्पर्क व्यक्ति तोकेको छ । बैंकले भुवन कँडेल, देवकुमार ढकाल र बमबहादुर मिश्रलाई सम्पर्क व्यक्ति तोकेको हो ।

सेवाग्राहीले कँडेलसँग मोबाइल÷इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, एटिएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबारबारे जानकारी लिन सक्नेछन् । बैंकले सेवाग्राहीको गुनासो सम्बोधन गर्न सम्पर्क व्यक्ति कँडेलको मोबाइल नम्बर र इमेल आइडीसमेत सार्वजनिक गरेको छ ।

त्यस्तै ढकालले बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा ब्याज तिर्नेलगायत बैंकिङ कारोबारसम्बन्धी गुनोसो र समस्याको सम्बोधन गर्नेछन्।

सम्पर्क व्यक्ति मिश्रले भने विपे्रषण, विदेशी मुद्रा सटही, टिटी, प्रतीतपत्र तथा विदेशी विनिमय कारोबारसम्बन्धी समस्या सम्बोधन गर्नेछन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!