बिएल संवाददाता
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)ले नेपालमै सबैभन्दा सस्तो दरमा पीसीआर परीक्षण गर्ने भएको छ।
सरकारले तोकेको भन्दा १ हजार ९ सय १ रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्ने भएको हो।
सरकारले अहिले कोरोना परीक्षणका लागि पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको छ। तर, केएमसीले एकै पटकमा २० वटा स्वाब परीक्षण गराउने संघ सस्थालाई २ हजार ४ सय ९९ र सर्वसाधरणका लागि २ हजार ५ सय ९९ मै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको हो।
यो शुल्क सोमबारबाट लागु हुने केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए। ‘अहिले देशभर नै कोरोना संक्रमण बढिरहेको छ। सरकारले पनि माग बमोजिम परीक्षणको दायरा बढाउँन सकिरहेको छैन।’ डा.शर्माले भने–‘कोरोनाको महामारी फैलिरहेको अवस्थामा न्यून शुल्कमा पीसीआर परीक्षण गरेर सहयोग पुर्याउँन खोजेका हौं।’
केएमसीले गत साउन १ गतेबाट पीसीआर परीक्षण थालेको हो। त्यसयता हालसम्म करिब १ हजार २ सय जनाको पीसीआर परीक्षण गरिसकेको छ। बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले भदौ १५ गतेबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। त्यसयता एक साता नबित्दै डा.शर्माले तीन वटा महत्वपूर्ण निर्णय लिएका छन्।
अध्यक्षको कार्यभार सम्हालेको दुई दिन भित्रै ओपीडी निःशुल्क गराएका डा.शर्माले अहिले कोरोना संक्रमितको उपचार हुने वातावरण पनि मिलाएका छन्।
डा.शर्माले अहिले पुनः अर्को महत्वपूर्ण निर्णय लिदै केएमसीमा मूलूककै सबैभन्दा सस्तो दरमा पीसीआर परीक्षण गर्ने वातावरण मिलाएका हुन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया