१० लाख रुपैयाँ भन्दा बढी प्रतिकेजी मूल्य पर्ने केशरको व्यवसायिक खेती इलाममा

उमाकान्त खनाल

 पूर्वी नेपालको इलाममा व्यवसायिक रुपमा अति महंगो मूल्यमा बिक्ने केशर खेती सुरु भएको छ।

गत सालदेखि सुरु भएको केशर खेतीको एक वर्षको उत्पादन बिक्रीसमेत भइसकेको छ। गत साल ७ सय ग्राम केशर उत्पादन भएको थियो। उक्त मात्राको केशर ७ लाख रुपैयाँमा बिक्री भएको थियो।

जौंबारी मल्टिपर्पोज एग्रिकल्चर एण्ड इन्भाइरोन्मेन्ट सेन्टर प्रा. लि. इलामले उक्त खेती शुरु गरेको हो। भारतको काश्मीरबाट बिउ ल्याएर उक्त खेती गर्ने गरिएको प्रा. लि. ले जनाएको छ।

इलामको जौंबारीमा तीन रोपनी र माइजोगमाइको थुम्केमा ६ रोपनी जमिनमा गत सालदेखि केशरको खेती सुरु गरिएको प्रा. लि. का संस्थापक शंकर भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-06 08:43:45

प्रतिकृया दिनुहोस्