ट्रम्पलाई ‘फ्रान्स भ्रमण’ को पुरानो मुद्धामा घेर्दै वाइडेन

अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्र्याट पार्टीका उम्मेदवार एकअर्का प्रति आक्रामक हुन थालेका छन्। 

गत बिहीबार एटलान्टिक पत्रिकामा एउटा लेख प्रकासित भएको थियो। जसमा सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको भ्रमण गर्दा झरीको बहाना बनाउँदै प्रथम विश्व युद्धका सहिदहरूको स्मारकमा जान अस्विकार गरेको दावी गरिएको छ। पत्रिकाको दावी अनुसार ट्रम्पले सैनिकलाई ‘लुजर’ अर्थात पराजित भनेका थिए। 

यो लेखका कारण डेमोक्र्याट पार्टीका उम्मेदवार जो वाइडेनले ठूलो राजनीतिक मुद्धा प्राप्त गरेका छन्। उनी आफ्ना प्रतिस्पर्धी तथा वर्तमान राष्ट्रपति ट्रम्पलाई यही मुद्धामा घेर्ने तयारीमा छन्। 

उनले हालै दिएको बयानमा भनेका छन्, ‘इराक युद्धमा मेरो छोराले भाग लिएको थियो। उसको निधन क्यान्सरबाट भयो। तर, ऊ पराजित भएको थिएन।’

एटलान्टिक पत्रिकाको लेखका कारण चौतर्फी घेरिन थालेका ट्रम्प सम्भावित क्षतिको आंकलन गर्दै रक्षात्मक देखिएका छन्। उनी अहिले ‘ड्यामेज कन्ट्रोल’ को अभियानमा छन्। 

एटलान्टिक पत्रिकामा लेख प्रकासित हुनुअघिसम्म ट्रम्पलाई घेर्न कोरोना र अश्वेतबाहेक डेमोक्र्याटसँग खासै तगडा मुद्धा थिएन। तर, यो समाचार बाहिरिएपछि डेमोक्र्याटहरूलाई राम्रो मुद्धा प्राप्त भएको छ। 

यो लेखपछि सेनामा कार्यरत मानिसहरू ट्रम्पसँग रिसाएका छन्। वाइडेनले मौकाको फाइदा उठाउँदै हालैै गरेको पत्रकार सम्मेलनमा भनेका छन्, ‘लामो समयदेखि ट्रम्पले सेना र सेनाका परिवारलाई वेवास्था गरेका छन्। उनीहरूको अपमान गरेका छन्। यदी लेख साँचो हो भने ट्रम्प राष्ट्रपति बन्न योग्य मानिस होइनन्।’

पूर्व सैनिकहरूको एउटा संगठनले इराक र अफगानिस्तानमा सहिद भएका सैनिकको परिवारलाई सहयोग गर्न हालै चन्दा अभियान सुरु गरेको थियो। जसमा पाँच घण्टाभित्र एक लाख डलर संकलन भएको थियो। 

डेमोक्र्याट पार्टीका नेताहरू अहिले चुनावी सभामा पूर्व सेनाको एउटा टोलीलाई अगाडि सारिरहेको छ। यसमा सांसद रहेका ट्यामी डकवर्थ र पिट बुटिगिग समावेश छन्। पहिलेदेखि नै पूर्व सेनाको सबैभन्दा ठूलो समर्थन रिपब्लिकन पार्टीलाई रहँदै आएको छ। 

तर, यो मुद्धाले भने पूर्व सैनिकहरूको संगठनमा चिरा परेको छ। डेमोक्र्याट पार्टीका ७० वर्तमान तथा पूर्व सांसदले राष्ट्रपति ट्रम्पलाई खुला पत्र लेख्दै माफी माग्न अपील गरेका छन्। उनीहरू यो मुद्धामा ट्रम्पलाई गलाउने अभियानमा छन्। 

डेमोक्र्याट पार्टीले यसपालि सबैभन्दा बढी शक्ति नर्थ क्यारोलिना, फ्लोरिडा र एरिजोना राज्यमा खर्चिदैँ छ। यसको ठूलो अर्थ छ। यी राज्यमा सैनिक पृष्ठभूमिका मतदाता बढी छन्। सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनविरूद्ध ट्रम्पले यी तीन राज्यबाट दुई गुणा बढीले मत प्राप्त गरेका थिए। 

अहिलेको विवादबाट डेमोक्र्याटले केही फाइदा उठाएको खण्डमा वाइडेनका लागि चुनाव जित्न केही सहज हुने अनुमान गरिएको छ। डेमोक्र्याटहरू अश्वेत, हिस्पेनिसका साथै सेनालाई लोभ्याउने अभियानमा छन्। उनीहरूको भनाईमा यी तीन समूदाय मिलेको खण्डमा चुनावको नतिजामा जमिन–आकाशको फरक देखिने छ। 

इनसाइड इलेक्सन वेभसाइटका सम्पादक नाथन गोन्जेल्स अमेरिकी चुनावको विषयमा लेख्छन्, ‘जब चुनाव प्रतिस्पर्धी बन्न थाल्छ, प्रत्येक व्यक्ति र समूदाय महत्वपूर्र्ण हुन्छ।’

उनले थप स्पष्ट पार्दै लेखेका छन्, ‘सन् २०१६ को चुनावलाई स्मरण गरौं त, ट्रम्पले निकै कम अन्तरले चुनाव जितेका थिए। मिसिगन, पेन्सेल्भेनिया, विस्कान्सन र फ्लोरिडामा उनलाई दुई प्वाइन्ट पनि प्राप्त भएको थिएन। यसै कारण पक्कै पनि उनले जोखिम लिने छैनन्।’

ट्रम्प अहिले चुनावी सभामा मात्र केन्द्रित छैनन्। उनी फेसबुक अभियान पनि सञ्चालन गरिरहेका छन्। उनले भनेका छन्, ‘हामीले आतंकवादलाई नस्ट गर्यौं। सेनालाई फेरि बलियो बनायौं। पूर्व सैनिकका लागि पनि काम गरेका छौं।’

अमेरिकामा बुढाबुढीको संख्या दुई करोडको हाराहारीमा छ। उनीहरूका लागि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सेनाका लागि के–के काम गरें? यसले खासै अर्थ राख्दैन। उनीहरूका लागि स्वास्थ्य सेवा सस्तो भयो कि भएन? त्यसले ठूलो अर्थ राख्छ। सानो सहरमा महिलाको मुद्धाले पनि महत्वपूर्ण अर्थ राख्ने बताइएको छ।

प्रकाशित मिति: : 2020-09-06 08:38:24

प्रतिकृया दिनुहोस्