काठमाडौं, भदौ २० : काभ्रे नमोबुद्धका कुमार तामाङको दैनिकी अहिले फेरिएको छ। झिसमिसेमै गाडीको स्टेरिङ समाउँदै दैनिकी सुरु गर्ने कुमार अहिले ललितपुरको बागडोलस्थित डेराभित्रै सीमित छन्। कोरोनाको महामारीले पाँच महिनादेखि लामो दूरीका सवारी नचल्दा सवारी चालक कुमारको मात्रै होइन हजारौं चालकको दैनिकी कोठाभित्रै सीमति भएको छ। तीन दशकदेखि दैनिक काठमाडौं–इलामाको यात्रा गर्ने कुमार पाँच महिनादेखि एउटै कोठामा थुनिँदा भौतिक रुपमा मात्रै होइन, आर्थिक रुपमा पनि निसासिएका छन्। ‘न काम छ न माम छ भनेजस्तो भएको छ,’ उनले भने, ‘डेरामा थुनिँदा अत्यासमात्रै लागेको छैन, अब त हातमुख जोड्नै धौधौ भइसक्यो।’ काभ्रेका कुमार २५ वर्षदेखि काठमाडौंमा परिवारसहित डेरामा बस्दै आएका छन्। उनले लामो दूरीको सवारी चलाउन थालेको ३५ वर्ष पुगिसक्यो। कोरोना कहरका कारण बेरोजगार बनेका कुमार भन्छन्, ‘३५ वर्षको आम्दानीले पाँच महिना पनि धान्न सकेन।’ सवारी चलाएरै दुई छोरी र एक छोरासहित पाँच जनाको परिवार पाल्दै आएका उनलाई अहिले दुई छाक टार्न हम्मेहम्मे परेको छ। ‘३५ वर्षको मेहनतले पाँच महिना कोठामा बसेर बिना काम गुजारा चलाउन सकिन्नँ। यस्तो समयमा सरसापटी पनि कसैले पत्याउँदैनन्,’ उनले भने। कोरोनाको महामारी बढिरहेकाले जनजीवन अझै केही महिना सामान्य हुने अवस्था छैन। कुमार भन्छन्, ‘यस्तै रहिरह्यो भने अब घरमा चुलो बाल्न सक्ने अवस्था समेत हुँदैन।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया