विनोद चौधरी कोरोना संक्रमणमुक्त

सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन्। शनिबार चौधरीले सामाजिक सञ्जालमार्फत् एक सूचना पोस्ट गर्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको बताएका हुन्। कोरोना पुष्टि भएपछि १० दिनसम्म आइसोलेसनमा बसेपछि उनी संक्रमणमुक्त भएका हुन्।

‘तपाईंहरूको उत्कट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो। त्यही ऊर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु’ उनले लेखेका छन्‚ ‘मैले जीवनमा तपाईंहरूजस्ताव आफन्त‚ इष्टमित्र‚  साथिभाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महशुस गर्छु। यहाँहरूको यस्तै माया पाइरहूँ।’ 

उनलाई गत १२ गते कोरोना पोजेटिभ देखिएको थियो। नेपाली कांग्रेसका सांसद चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन्।

प्रकाशित मिति: : 2020-09-05 21:35:13

प्रतिकृया दिनुहोस्