निशेधाज्ञाले बैंक तथा वित्तीय क्षेत्रमा जोखिम बढ्यो

बाह्रखरी

काठमाडौँ

विजय पराजुली

कोरोना नियन्त्रणको लागि लगाइएको चार महिना लामो लकडाउन साउन पहिलो साताबाट अन्त्य भएको थियो । कोरोनाका कारण आर्थिक गतिविधि बन्द हुँदा अर्थतन्त्रमा गम्भीर असर पारिसकेको छ । गत आर्थिक वर्षमा सरकारले २ दशमलव २८ प्रतिशतको आर्थिक वृद्धि भएको बताइरहे पनि स्वतन्त्र आर्थिक विश्लेषकहरुले भने नेपालको अर्थतन्त्र नेगेटिभ भएको बताउँछन् । 

साउन पहिलो साताबाट लकडाउन अन्त्य भएसँगै आर्थिक गतिविधि पनि क्रमशः सुचारु हुँदै गएको थियो । तर कोभिड १९ को संक्रमण झन तीव्र रुपले विस्तार हुँदै गएपछि हाल काठामाडौं उपत्यकालगायत देशभरका ४० भन्दा बढी जिल्लाहरुमा आंशिक र पूर्ण निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञासँगै आर्थिक गतिविधि बन्द हुँदा वित्तीय क्षेत्र पनि ठप्प भएको छ । 

प्रकाशित मिति: : 2020-09-03 20:17:26

प्रतिकृया दिनुहोस्