बिएल संवाददाता
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ सहित मुलुकभर १२२८ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरेको १३४१३ पीसीआर परीक्षणबाट ८३४ पुरूष र ३९४ महिलासहित १२२८ थपिएका हुन्।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४४५ संक्रमित थपिएका हुन्। काठमाडौंमा ३५७ जना, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घन्टामा मुलुभरबाट ९१७ जना डिस्चार्ज भएका छन्। यो सँगै कुल डिस्चार्ज हुनेको संख्या २४२०७ अर्थात ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
अहिले १८४१३ जना विभिन्न संस्थात र होम आइसोलेसनमा बसेर उपचार गराइरहेका छन्। यसमध्ये १०६७१ जना संस्थागत आइसोलेशनमा र ७७४२ जना होम आइसोलेशनमा छन्।
अहिले ६७४९ जना मानिस क्वारेन्टाइनमा बसेका छन्।
पछिल्लो २४ घन्टामा थप ६ जनाको ज्यान गएको छ।
पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। जसमध्ये ४ महिला र २ पुरूष छन्।
चितवनकी ४० वर्षिया, भक्तपुरकी ४० वर्षिया, तनहुँकी ४२ वर्षिया र रूपन्देहीकी७७ वर्षिया महिला छन्।
यस्तै सिन्धुपाल्चोकका ७७ वर्षिय र रूपन्देहीका ६५ वर्षिय पुरूषको निधन भएको प्रवक्ता गौतमले जानकारी दिए।
यो सँगै मृत्यु हुनेको कुल संख्या २५७ पुगेको छ। गौतमका अनुसार यो कुल संक्रमितको ०.६ प्रतिशत हो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया