पोखरा ८ कि ६० वर्षीय वृद्धालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार २ सय ७७ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-03 10:23:44

प्रतिकृया दिनुहोस्