जसले जोखिम मोलेर संक्रमित स्याहार्छन्, उनैमाथि दुर्व्यवहार

केही दिन अगाडि तुलसीपुर-११ बेलटाकुरास्थित स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भयो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत २ डाक्टरसहित अन्य स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भयो।

कोरोना महामारी नियन्त्रण गर्न देशका विभिन्न स्थानमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ। तर, दिनरात नभनी सक्रिय रुपमा लागेका स्थानीय तहका स्वास्थ्यकर्मीहरूले भने आफूहरुलाई राज्यले ध्यान नदिएको गुनासो गरेका छन्। साथै, समाजले पनि आफूहरुलाई नराम्रो दृष्टिले हेर्ने गरेको बताएका छन्।

तुलसीपुर-११ बेलटाकुरामा रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी खड्ग बहादुर बस्नेतले आफूलाई कसरी कोरोना संक्रमण भयो, थाहा नभएको बताए। दैनिक ५० भन्दा बढी बिरामीहरु आउने स्वास्थ्यचौकीमा उनले उपचार गर्दै आएका छन्‌। आफूलाई कोरोना संक्रमण भएपछि घर परिवारले समेत धेरै समस्या भोग्नु परेको उनी बताउँछन्‌।
 

प्रकाशित मिति: : 2020-09-03 08:03:48

प्रतिकृया दिनुहोस्