बिएल संवाददाता
वीर अस्पतालका डाक्टर र नर्ससहित ७१ जनामा काेराेना संक्रमण देखिएछि दुई दिनका लागि ओपीडी सेवा बन्द गरिउकाे छ।
बुधबार र बिहीबारका लागि सेवा बन्द गरिएको अस्पतालका कार्यकारी निर्देशक केदारप्रसाद सेन्चुरीले बताए।
७१ जनामा संक्रमण नै पुष्टि भएको र ७५ जना क्वारेन्टाइनमा बस्नु परेकाले सेवा प्रभावित भएको उनले बताए।
त्यसमा पनि ल्याब, फार्मेसी, आकस्मिक कक्ष र वार्डमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएकाले सेवा नै बन्द गर्नु परेको उनको भनाई छ।
अब स्यानीटाइजले गरेर मात्रै ओपिडी खोलिने सेन्चुरीले बताए। वीर अस्पतालमा १६ सय जना डाक्टर, रेजिडेन्ट डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन्।
कोरोना संक्रमणकै कारण जनशक्ति अभाव हुँदा वीरमा अहिले चारवटा वार्ड सञ्चालनमा छैनन् । ल्याबका ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि ल्याब सेवा बन्द छ । कार्डियोलोजी (मुटुरोग विभाग) खुला छैन । सोमबार न्यूरो र क्यान्सर वार्डका बिरामीमा पनि कोरोना पुष्टि भएपछि ती वार्ड पनि बन्द भएका छन् । फार्मेसीका कर्मचारीलाई पनि संक्रमण देखिएपछि त्यो समेत बन्द छ । अस्पताल भर्ना भएका बिरामीलाई औषधि किन्न बाहिरै जानुपर्ने अवस्था छ ।
१२ सय २८ जना डाक्टर, स्वास्थकर्मी र कर्मचारीको दरबन्दी छ भने बाँकी रेजिडेण्ट डाक्टर कार्यरत रहेको सेन्चुरीले बताए।
यस्तै ट्रमा सेन्टरमा पनि १६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोराेना संक्रमण पुष्टि भएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया