बुधबार, १७ डिसेम्बर २०२५

हल्ला गरिएजस्तै अविश्वसनीय छ 'पीसीआर टेस्ट' ? यसो भन्छन् चिकित्सक र विज्ञ

News Image
• • •

कोरोनाभाइरसको हल्ला 'नियोजित' रूपमा फैलाइएको मान्नेहरूको संख्या विश्वमा ठूलो छ । सामाजिक सञ्जाल हेर्ने हो भने नेपालमै पनि विश्व स्वास्थ्य संगठन र विश्वका केही धनाड्यको मिलेमतोमा यसलाई त्रास फैलाउन र पैसा कमाउन हल्ला फिँजाएको आरोप लगाउने प्रशस्त भेटिन्छन् ।

कतिपयले पीसीआर (पोलिमरेज चेन रियाक्सन) विधि नै गलत रहेको अफवाह फैलाएका छन् । पीसीआर मेसिनको आविष्कारक क्यारी मुलिसले नै यो मेसिनले भाइरस पत्ता लगाउन नसक्ने भनी भनेको भनाइ सेयर गरेर विभिन्न प्रचार भइरहेका छन् । 

यसबारेमा रोयटर्सले फ्याक्ट चेक नै गरेको छ । 'पीसीआर मेसिनले संक्रामक भाइरस पत्ता लगाउन सक्दैन' यो भनाइलाई गलत व्याख्या गरेर संसारभर अफवाह फैलाउन प्रयोग गरिएको २ महिनाअघि रोयटर्समा प्रकाशित एक समाचार टिप्पणीमा उल्लेख गरिएको छ ।

तर पीसीआर मेसिनले भाइरस पत्ता लगाउन नसक्ने भनाइ सन् १९९६ मा एचआईभीका बारेमा जोन लोरिटसेनले लेखेको आर्टिकलमा उल्लेख थियो । उनले कोभिड– १९ का बारेमा भने यस्तो लेखेका थिएनन् । लोरिटसेनले पीसीआरले भाइरस नै पत्ता लगाउन नसक्ने भनेका थिएनन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!