सरकारले लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ।
मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले यो निर्णय गरेको हाे।
यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकाे थियाे।
तर, काठमाडाैं उपत्यका दिनहुँ ४०० जनाभन्दा बढी संक्रमित थपिन थालेपछि यसलाई भदाै मसान्तसम्म निरन्तरता दिइन लागेकाे हाे।
गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गरेपनि केही क्षेत्र अझै खुलाएको छैन।
अहिले खुलेका छाेटाे दूरीकाे यातायात समेत बन्द भएका छन् भने काठमाडाैं उपत्यकासहित १२ जिल्लामा निषेधज्ञा घाेषणा गरिउकाे छ भने ३५ भन्दा बढी जिल्लामा आंशिक निषेधज्ञा घाेषणा गरिएकाे छ।