नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई डिमान्ड शुल्क र रातको समयमा विद्युत् खपत गरेबापतको छुट अहिलेसम्म दिएको छैन् । सरकारले बजेटमार्फत उद्योगलाई बन्दाबन्दी (लकडाउन) अवधिभरको डिमान्ड शुल्क र रातको समयमा विद्युत खपत गर्ने उद्योगलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको थियो । त्यसलाई अहिलेसम्म प्राधिकरणले कार्यान्वयनमा ल्याएको छैन् ।
सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको हो । सोही दिनदेखिको डिमान्ड शुल्क र रातमा विद्युत् खपत गर्ने उद्योगलाई ५० प्रतिशत छुटको व्यवस्था गरे पनि बजेट आएको ३ महिना बित्तिसक्दा नदिएको उद्योगीले गुनासो गरेका छन् ।
‘बजेटले व्यवस्था गरेको सुविधा त पाइँदैन्, अरु सुविधा पाउने आश कसरी गर्नू,’ एक उद्योगीले क्यापिटल नेपालसंग भने, ‘अहिले उद्योगीलाई सरकार भन्दा प्राधिकरण ठूलो हो जस्तो महशुस भइरहेको छ ।’