रामचन्द्रको तर्कमा अरुको जवाफ : उहाँको काम एजेण्डा ल्याउने तर, चुनाव हारिरहने !

काठमाडौं  : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरु आफू बलियो बन्‍ने रणनीति बनाइरहेका छन्। केही नेताहरु पदाधिकारी ताकेर अहिले हल्ला गरेभन्दा तल्लो पदमा उम्मेदवार बन्‍न 'बार्गेनिङ' गरिरहेका छन्। यसपटकको महाधिवेशन कांग्रेसका लागि निकै महत्वपूर्ण भएको नेताहरु नै बताउँछन्।  ‘कांग्रेसको लागि यो महाधिवेशन निकै महत्वपूर्ण छ,’ केही दिनअघि थाहाखबरसँग कुरा गर्दै युवा नेता गगन थापाले भनेका थिए, ‘अहिले सक्षम नेतृत्व आएन भने भोलि कांग्रेस खोज्‍नुपर्ने अवस्थामा पुग्छ। त्यसैले अहिले पुराना नेतालाई सम्मानका साथ राखेर सल्लाह लिइ दोस्रो पुस्ताले पार्टीको नेतृत्व लिनुपर्छ।’ उनले जनतालाई भरोसा लाग्‍ने कांग्रेसको नेतृत्व चाहिएको पनि बताए। ‘यति धेरै जनमत पाएर पनि काम नगरेको शक्ति संघर्षमा रुमल्लिएको नेकपाको विकल्प कांग्रेसबाहेक अरु हुनै सक्दैन,’ उनले भने, ‘अब कांग्रेसको नेतृत्व जनताले भरोसा गर्ने, जनभावना बुझ्‍ने नै आउँछ।’ त्यसो त नेता गगन, चन्द्र भण्डारी, धनराज गुरुङसहित १२ जना युवा नेताले आफ्नो समूह नै बनाइसके छन्।  १४ औँ महाधिवेशनमा सभापतिको लागि धेरै आकांक्षी छन्। जस्तो की कांग्रेसमा अरु पद ‘उपसभापति, महामन्त्री, कोषाध्यक्षलगायत पदमा केही काम नै छैन’ जसरी सभापतिमा दाबी गर्नेहरु धेरै भएका छन्। एक दर्जन नेताहरु सभापतिमा आफू नै उम्मेदवार हुने बताएका छन्। त्यति मात्रै होइन, उनीहरुले सभापति शेरबहादुर देउवालाई हराउन आफूले मात्रै सक्ने पनि बताएका छन्। कांग्रेसका संस्थापक बिपी कोइरालाका छोरा तथा कांग्रेसका महामन्त्री शशांकले पनि ‘शेरबहादुरलाई हराउन म बाहेक कसैले सक्दैन’ भन्दै आएका छन्।
 

प्रकाशित मिति: : 2020-08-30 14:54:23

प्रतिकृया दिनुहोस्