लमजुङकाे बेशीसहरमा कार्यरत ८ प्रहरी र पाेखराका एक चिकित्सकमा काेराेना संक्रमण

गण्डकी प्रदेशमा थप ९ जनामा काेराेना संक्रमण देखिएकाे छ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा लमजुङमा कार्यरत ८ नेपाल प्रहरी र पाेखराका एक चिकित्सक गरि ९ जना संक्रमित थपिएका हुन्।

बेशीसहरमा कार्यरत ८ जना प्रहरीमा काेराेना संक्रमण देखिएकाे प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। उनीहरु २२ देखि ४० वर्षका पुरुष हुन्।

यता कास्की जिल्ला, पोखरा महानगरपालिकाको मणिपाल अस्पातालमा कार्यरत १ जना चिकित्सकमा पनि काेराेना संक्रमण देखिएकाे छ। उनी २६ वर्षीय पुरुष हुन्।

उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको  निर्देशक डा  शर्माले जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-28 19:22:13

प्रतिकृया दिनुहोस्