बिएल संवाददाता
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा पत्रकारसहित १९ जनामा कोरोना संक्रमण देखिएको छ। कोराेनाको अद्यावधिक विवरणअनुसार दैलेखमा एक सक्रिय पत्रकारसहित ११, जुम्लामा छ र सल्यानमा दुई जनामा कोरोना पुष्टि भएको हो।
योसँगै कर्णालीमा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ३६३ पुगेको छ।
दैलेख जिल्ला अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नारायण नगरपालिका वडा नं १ भगवती टोलका आठ र वडा नं ५ का तीन जनामा संक्रमण पुष्टि भएको हो।
जिल्ला अस्पतालका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार स्थानीय एफएम रेडियोमा कार्यरत ती पत्रकार कर्णालीमै कोरोना संक्रमण हुने पहिलो पत्रकार हुन्।
जुम्लामा पहिचान भएका सबै हिमा गाउँपालिकाका हुन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेशनबाट गरी १५ जना डिस्चार्ज भएका छन्।
योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ४० पुगेको छ। कोरोनाका सक्रिय बिरामीको सङ्ख्या ३१७ रहेको छ भने हालसम्म छ जनाको मृत्यु भइसकेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया