खराब स्वास्थ्यका कारण जापानका प्रधानमन्त्रीद्वारा राजीनामा!

जापानका प्रधानमन्त्री सिन्जाे आबेले राजीनामा दिने भएका छ।  स्वास्थ्य अवस्था बिग्रदै गएपछि आबेले प्रधानमन्त्रीको पद छोड्न लागेका हुन्।

जापनी समाचार माध्यमहरुका अनुसार शुक्रबार दिउँसो देशबासीको नाममा सम्बोधन गर्दै आबेले राजीनामाको घोषणा गर्ने तयारी गरेका छन्। आबेले बेलुकी ५ बजे पत्रकार सम्मेलन गर्ने छन्।

६५ वर्षका उनी लामो समयदेखि बिरामी थिए। पछिल्लो समय उनको अवस्था झन् खराब हुँदै गएको छ।

१४ अगस्तमा टोकियोको केइयो विश्वविद्यालय अस्पतालमा उनको स्वास्थ्य अवस्था जाँच गरिएको थियो। पछिल्लो एक सातामा मात्रै उनको थुप्रै स्वास्थ्य परीक्षणहरु गरिएका थिए।

अब सोमबार फलोअपमा जाने छन्। अबेको स्वास्थ्य गम्भीर रहेको अनुमानको गरिएको छ।

आबेले आफ्नो स्वास्थ्यका कारण सरकारलाई समस्या नपरोस् भन्ने चाहना राख्दै राजीनामा दिने तयारी गरेका हुन्।

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

गएको सोमबार उनले जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको रेकर्ड बनाएका थिए।

प्रकाशित मिति: : 2020-08-28 11:59:25

प्रतिकृया दिनुहोस्