रासस
लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले ओरोलो लागेको छ ।
लगातार उकालो लाग्दै नेप्से परिसूचक आज भने चार अंकले घटेर एक हजार ४५८.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.६४ ले ओरोलो लागेर २९७.१० मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर रु एक अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० मा कारोबार भएको छ ।
कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर मात्रै उकालो लागेको छ । निर्जीवन बीमा १९.७३, उत्पादन ४१.१६ र जीवन बीमा ११.०५ ले बढेको छ । यस्तै, बैंकिङ ४.०६, व्यापार १४.३, होटल २१.५५, विकास बैंक २१.९८, जलविद्युत् ७.१७, वित्त ३.२७, अन्य ०.४६, लघुवित्त २३.५ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ ।
कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनकिो रु २३ करोड १२ लाख ९४ हजार ३२९ बराबरको कारोबार भयो । यस्तै, नेको इन्स्योरेन्स रु १२ करोड ४६ लाख ८९ हजार ५५६, हिवम् सिमेन्ट रु नौ करोड ५१ लाख ८८ हजार ४०८, एनआइसि एशिया बैंक रु आठ करोड ३१ लाख ४७ हजार ८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड ३९ लाख १२ हजार ९९८ र एनएमबी बैंकको रु छ करोड ९५ लाख ५३ हजार ५१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार एनआरएन इन्प्रmास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेड ९.८२, दिव्यश्वरी हाइड्रोपावर ५.८४, शिवम् सिमेन्ट ५.१०, कालिका पावर कम्पनीका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाए । त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.०७, गुराँस लघुवित्त ४.०४, रसुवागढी हाइड्रोपावर ३.९२ र विशाल बजार कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया