'संक्रमितलाई माया गरौं, ब्यानर टाँस्‍न घरघरमा नकुदौं'

थाहा खबर

काठमाडौँ

लकडाउनमा जीविकोपार्जनको उपाय बन्द भएर अफ्ट्यारोमा परेकालाई सहयोगमा जुटेकी प्रदेश नम्बर ५ की सांसद कृष्ण केसी 'नमुना' आफैं कोरोना भाइरसको संक्रमणमा परिन्।

गएको साउन ११ गतेदेखि उनको शरीरमा थकान सुरु भयो। सँगै ज्वरो र टाउको दुख्‍न थालेपछि उनी अस्पताल भर्ना भइन्। अस्पताल बसाई सकिएपछि घर फर्किन्।

अस्पतालमा बसेर कोरोना मुक्त भइसकेपछि पनि उनको शरीर अझै कमजोर नै छ। उनले अझै पनि शरीर तङ्ग्रिएको महसुस गर्न सकेकी छैनन्। 'अहिले बोल्दा पनि मेरो स्वर काँपिरहेको छ', उनले सुनाइन्, 'खान मन नै लाग्दैन। यो कोरोनाकै असर त होला नि।'
 

 

प्रकाशित मिति: : 2020-08-27 16:57:18

प्रतिकृया दिनुहोस्