बिएल संवाददाता
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ।
अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण एक हजार २३ जनाको मृत्यु भएको थियाे।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० नयाँ संक्रमित फेला परेका छन्। यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको छ।
भारतमा अहिलेसम्म २५ लाख २३ हजार ७७२ जान काेराेनामुक्त भइसकेका छन् भने सात लाख २५ हजार ९९१ संक्रमित निको हुन बाँकी छन्।
भारत संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने तेस्रो मुलुक हो। सबैभन्दा बढी प्रभावित हुने मुलुकको शीर्ष स्थानमा अमेरिका छ भने दोस्रोमा ब्राजिल छ। मृत्यु हुनेको संख्याको आधारमा भने भारत चौथो स्थानमा छ।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ भने दोस्रो स्थानमा ब्राजिल छ। तेस्रोमा मेक्सिको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया