ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।