यस्तो रह्यो उपत्यकामा सात दिनको निषेधाज्ञा

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि एक सातका लागि निषेधाज्ञा लागू गरेको थियो।

पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि  तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको हो ।

अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापारव्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ। अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ ।

निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन्। सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन ।

कोभिड –१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको तस्वीरसहितको परिचयपत्रका आधारमा बिहान ९ देखि १०:३० सम्म  र बेलुका ३ देखि ५:३० बजेसम्म आवागमन गर्न पाउने छन्।

आज उपत्यकामा जारी पहिलो चरणको निधेषाज्ञाको अन्तिम दिन भए पनि आजै पुनः एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ।

हेर्नुहोस् एक सातामा उपत्यकाको लकडाउन तस्बिरमा।

थानकोट

कलंकी-स्वयम्भू- बनस्थली

ठमेल- दरबारमार्ग-न्यूरोड-रत्नपार्क-भद्रकाली- सिंहदरबार

बबबरमहल-नयाँ बानेश्वर

पशुपति

ललितपुर

भक्तपुर

बिएल मिडियाको लोगो बाहेकका सबै तस्बिर रासस

प्रकाशित मिति: : 2020-08-26 23:22:29

प्रतिकृया दिनुहोस्