प्रहरीले सुनसरी, मकवानपुर र सर्लाही लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।
सुनसरी, देवानगंज गाउँपालिका २ देवानगंज कप्तानगंज सडकबाट नियन्त्रित लागूऔषध एक सय एमएलको ९९ बोतल डाइलेक्स डिसीसहित देवानगंज गाउँपालिका ६ बस्ने २२ वर्षीय शिव शंकर यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यता मकवानपुर, राक्सिराङ गाउँपालिका ५ जिर्खे खोलाबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित सोही गाउँपालिका ८ काँकडा बस्ने २६ वर्षीया सुस्मिता थिङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै सर्लाही, बलरा नगरपालिका ५ अर्नाहाबाट करिब २ किलो अवैध लागूऔषध गाँजासहित गोडैता नगरपालिका ९ बस्ने ५५ वर्षीय उपेन्द्र ठाकुरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी अर्नाहाबाट खटिएको प्रहरीले ज।७ प २७९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक ठाकुरलाई उक्त गाँजासहित फेला पारेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।