दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ । 

युएई सैनिकको उप सर्वोच्च कमाण्डर समेत रहनु भएका नह्यानसँग अमेरिकी विदेश मन्त्रीले दुई देशको आपसी सम्वन्ध र सहकार्यका बारेमा कुराकानी गरेकाे हाे। 

टेलिफोनमा भएको कुराकानीका क्रममा उनीहरुका बीचमा साझा चासो र सरोकारका विषयमा छलफल भएको जनाइएको छ ।

साथै धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा पनि उहाँहरुका बीचमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी दुबई र इजरायलका बीचमा सम्बन्ध सुधार्ने प्रयासका रुपमा पनि यो कुराकानीलाई उपयोग गरिएको थियो । 

त्यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न योगदान गर्ने र आधार तयार पार्ने विषयमा पनि उनीहरुले कुराकानी गरेकाे जनाइएकाे छ।

दुई नेताले गल्फ कोअप्रेसन काउन्सिल र मध्यपूर्व क्षेत्रमा कोरोनाले पारेको असरका बारेमा पनि समीक्षा र चर्चा गरेका थिए।

उनीहरुले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि आआफ्नो तर्फबाट प्रयास जारी राख्ने अठोट पनि व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2020-08-26 13:19:24

प्रतिकृया दिनुहोस्