पत्रकारलाई कोरोना : रोकिएन समाचार, रेडियो नै आइसोलेसन

काठमाडौं : कोरोनाको महामारीमा देश अस्तव्यस्त बनेको छ। विभिन्‍न पेशा तथा व्यवसायमा लागेका व्यक्ति संक्रमित हुने क्रम जारी छ। कोरोनाका बिरामी उपचार गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सूचना संकलन गर्ने पत्रकारहरू कोरोना संक्रमणको जोखिममा रहेका छन्।

देशभर उल्लेख्य संख्यामा पत्रकारलाई पनि कोरोना देखिन थालेको छ। यस्तै, वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जका कार्यरत स्टेशन म्यानेजरसहित ७ जना रेडियोकर्मी संक्रमित भएपछि रेडियोमा नै आइसोलेसनको व्यवस्था गरेर पत्रकारको सेवा गरिरहेको छ।  रेडियोका अध्यक्ष गोविन्द देवकोटाले भदौ ४ गते रेडियोमा कार्यरतमध्ये ६ जना साथीहरुले परीक्षण गराउँदा ५ जना संक्रमित भेटिएको बताए।

'संक्रमित सबै साथीहरुलाई स्थानीय प्रशासनले फोन गरेर कोभिड अस्पतालमा लैजाने तयारी गरेपछि रेडियो बन्द हुने स्थितीमा पुग्यो', उनले भने, 'रेडियोका सबै साथी अस्पताल गएपछि रेडियो बन्द हुने अवस्था आयो। साथीहरुले आफूहरुलाई कोरोनाको कुनै लक्षण नदेखिएकोले बरु रेडियोमा काम गर्दै रेडियोमा बस्ने बन्दोबस्त गरिदिन आग्रह गरेपछि हामीले रेडियोमा नै आइसोलेसन बनाउने निर्णय गर्यौ।'
 

प्रकाशित मिति: : 2020-08-25 14:05:25

प्रतिकृया दिनुहोस्