भारत पाँच तले भवन भत्किएको छ। महाराष्ट्रको रायगढ जिल्लाको महाडमा भत्किएको भवनको भग्नावशेषमा अझै पनि २५/३० जना फसेको समाचार संस्था एएनआईले जनाएको छ।
घटनामा एकजनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ६० जनाको उद्धार भइसकेको छ।
सोमबार बेलुका सात बजेतिर भवन भत्किएको हो। सो भवनमा करिब ४७ वटा फ्ल्याट थिए। भवन हल्लिन थालेपछि सो भवनका केही बासिन्दा बाहिर निस्किएका थिए।
दक्षिण मुम्बईबाट १८० किलोमिटर पष्र रहेको महाड शहरको सो भवन एक दशक पुरानो हो।
मुख्यमन्त्री उद्धव ठाकरेले स्थानीय विधायकसँग घटनाबारे छलफल गरेका छन्। उनले उद्धार तथा राहतका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन्।