रेम्डिसिभिर चर्को मुल्यमा बेचेकाे आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ

विश्वमै कोरोनाविरुद्ध प्रभावकारी मानिएको रेम्डिसिभिर इन्जेक्सन चर्को मुल्यमा अबैध कारोबार गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । 

बारा घर भई वीरगञ्जको एक निजी अस्पतालमा कार्यरत ताहिर हुसैन अन्सारीलाई प्रहरीले  आइतबार बेलुकी पक्राउ गरेकाे हाे। 

उनको साथबाट प्रहरीले ९ थान रेम्डिसिभिर पनि बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।

आफूले प्रतिभाइल २५ देखि ३० हजारमा खरिद गरेर गम्भीर अवस्थाका संक्रमितको लागि ३० देखि ३२ हजार रुपैयाँमा बिक्री गर्ने गरेको दावी अन्सारीले गरेका छन् । 

गम्भीर अवस्थाका संक्रमितलाई रेम्डिसिभिर चलाउँदा स्वास्थ्यमा सुधार आएको चिकित्सकको भनाइ छ ।

प्रकाशित मिति: : 2020-08-24 11:16:21

प्रतिकृया दिनुहोस्