जसले बचाउँदैछन्‌, उनैमाथि अपमान !

थाहा खबर

काठमाडौँ

 सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई नयाँ बानेश्‍वरको मिलन चोकका केही स्थानीयबासीले शनिबार होस्टलमा जानबाट रोके। स्वास्थ्यकर्मी राख्‍न भाडामा लिइएको होस्टलमा छिर्न नदिन काठमाडौं महानगरपालिका-३१ का स्थानीयले अवरोध गरेका थिए।

टोलमा कोरोना संक्रमण फैलिने भन्दै अवरोध गर्नेमा बानेश्वरबासी मात्र होइन, देशका विभिन्‍न क्षेत्रमा यस्ता गतिविधि भइरहेका छन्‌। स्वास्थ्यकर्मीलाई कोरोना फैलाउनसक्ने भन्दै सामाजिक बहिष्कारसम्मका घटना नेपाली समाजमा अब सामान्य हुन थालेका छन्। कोरोना महामारीको समयमा 'फ्रन्टलाइन'मा काम गर्ने चिकित्सकको आत्मबल बढाउनुपर्ने समयमा स्थानीयले अवरोध गरेर मनोबल गिराउने काम भइरहेको छ।
 

प्रकाशित मिति: : 2020-08-24 08:44:52

प्रतिकृया दिनुहोस्