किङ्स ल्याण्ड सिजन ०४
बिहान उठ्दा। यस्तो लाग्यो, कोही मलाई छोडेर आँखाबाट निस्क्यो। मेरा आँखा एकदम हल्का थिए। हल्का आँखाको महसुस गर्न सक्नुहुन्छ भने कल्पना गर्नुस्, तपाईँ निदाइरहेको बेला, तपाईँले ओडिरहेको पातलो खास्टो कसैले बिस्तारै तानेको महसुस् गर्न सक्नुहुन्छ भने, हो कोही त्यस्तरी बिस्तारै आँखाबाट गयो।
मार्फाले गर्दा हुनुपर्छ बिहानको ‘नेचुरल कल’ मा कोही त्यसरी नै गयो, आनन्द दिएर। जिउ हल्का थियो। आफैंलाई अनौठो आनन्द आइरहेको थियो। मैले जुन महसुस गरेँ त्यो अभूतपूर्व थियो। सादय मेरो आँखाबाट भगवान निस्क्यो। भगवान बाहिर बस्छ सायद। ऊ निश्चित बेला मात्र भित्र पस्छ। ऊ हाम्रा अङ्गलाई सहयोग गर्छ।
सुन्दर वस्तु हेर्दा आँखामा, मीठो बोली सुन्दा कानमा, मीठो बास्ना आउँदा नाकमा, प्रेमिका सम्झिँदा मुटुमा, दिशा गर्दा मलद्वारमा, पिसाब र प्रजनन क्रियामा संलग्न हुँदा प्रजनन अङ्गमा।
हामी रोयल प्यालेस जाँदै छौं। एकपल्ट खेत जोत्दा यहिँ खेतमा भेटिएको हो सुन। मैले समाचार पढेको। गाड धन। सिंजा सम्राज्य हुनुको एक प्रमाण।
बेसिक टाइपको उकालो छ। नट सो एडमास एण्ड टफ।
उचाई बढ्दै जान्छ। आँखामा सौन्दौर्य बढ्दै जान्छ।
त्यो सौन्दर्य माथि ठिक आफूभन्दा अगाडिका नितम्बले तान्छ। कुन उपमा दिउ नितम्बलाई। फर्सी जत्रा नितम्ब भनौ कि कटहर जत्रा? कुन उपमा दिऊ?
भनेपछि हाम्रो सौन्दर्यशास्त्र लजालु छ। बाघको जस्तो कम्मर भनिसकेपछि। लाज मान्यो, उपमा जोड्न छोडिदियो। मुत्ने बिचराले पनि उपमा पाको छैन। आशीर्वाद पाएको छैन। हग्ने जैरेको पनि के कुरा गर्नू?
केटी रोकिन्छ। त्यसै रोकिन्छ। हामीलाई बाटो दिन रोकि सायद।
‘साँघुरो बाटोमा तिमी सित भेट भएको थियो,’ डियर कवि मन्जिल भए एक अर्को कविता स्वो गरिदिन्थे।
‘राम्री छे है? सायद ठकुरीकी छोरी होली।’ उपमा हेरौंन राम्री जति ठकुरीकी छोरी। अरूकी छोरी के साच्चै राम्री हुन्नन् त? चिसो भनेकै कोकाकोला।
राम्री भनेकै ठकुरानी। के अरूकी छोरीको सुन्दरताको उच्चतम उपमा ठकुरीकी छोरी जस्ती देखिनु हो।
उसका स्तन देवीका जस्ता छैनन्। भोगटे जत्रा छन्। उसैलाई बोक्न धौ धौ छ जस्तो। आँखा मृगका जस्ता। ओठ पिपल पाते। कम्मर बारुले।
तर मेरा भल्चर आइ जहाँ देउता बस्छ ती स्तनमै अडिन्छ्न्। मान्छे भित्रको ईश्वर कन्जुस छ। खासमा स्त्री गमन गर्ने को म कि ईश्वर?
आँखा यौन अंग पनि रहेछ।
उसको आवाज सुन्न कान त्यसै तन्किए। कान पनि यौन रहेछ। उत्तेजना पैदा त यी दुईले गर्ने रहेछ।
यो यात्रामा सब अंग तयार रहनुपर्नेछ मैले अघि नै भनिसके नि? म खाट्टी यस्तै छु।
तपाईँ अगाडि बढ्नुहोस है।
Finally we are in the ground floor of royal place celling as a blue sky with white clouds!
गज्जबको लोकेसन छ। पछाडि तिर सिधा भीर छ। यहाँका मान्ठ भन्छन्, ‘पहिले राजाले कसैलाई मारेर यहिँ फाल्थे। नपत्याए सबैलाई सोध्नू। यहाँ मान्छेका खप्पर कतिले पाएका छन्।’
कल्पना वा सत्य। जे सुकै होश। अहिले मैले चै बन्जी जम्प र हाइकिङको लागि यो स्पोटलाई देखेँ।
दरबार is no more. हो, केही ढुङ्गा छन्। You can see भनिन्छ यी ढुङ्गाहरु उहिले बिराट दरबारका हिस्सा थिए। theoretical, they proved यो छत्रपति नागराज शाहीको दरबार र बिरासत धान्न नसक्ने शोभान शाही दरबारका हिस्सा हुन्। got it?
-‘तल झर्ने कुनै अर्को बाटो छैन?’
-‘छ यत्ति ठाडै गयो भने गोठी जिउला पुग्दोछ।’
-‘यस्सै प्वालबाट गए पाण्डब गुफा पुग्दो छ?’
-‘यसै प्वालै प्वाल गए रानीसयन पुग्दो छ।’
एउटा किंबदन्ती छ। यहाँबाट सिधै पाण्डब गुफा निस्किने गुप्त रास्ता (गुफाको बाटो) छ। उहिले राजाहरूले गुप्त बाटो त्यहिँ थियो भन्ने भनाइ छ। के साँच्चै हो त? हो भने त लगभग तीन किलोमिटरको पो गुफा बन्छ। हो होइन, उत्खनन् गर्ने जिम्मा सरकारको हो।
हामी अगाडि बढौं?
रानीसयन, रानीले नुहाए पछि आराम गर्ने कक्ष भएको ठाउँ। एउटा अर्को किंबदन्ती।
हिजोको रात मार्फा चाखेर पबित्र गोठी जिउलामै भएकाले आज डाइरेक्ट पाण्डु गुफा। गुफा भित्रबाट हैन, गुफा माथिबाट।
पाण्डु गुफा हेर्दा आकर्षक देखिने काठको गेट। मन्दिर आकारको घर। मन्दिर भन्दिए हुन्छ। तर जस्ता छाता - अपग्रेडेड भर्सन। बाँकी as usual ढुंङाको दिवाल। lets take of our shoes while entering into the cave. पहिलो मानव निर्मित गुफा।
Next one,
CFL चिम बलिरहेको छ। सिधा अगाडि कुन्ती एण्डस् her sons from different father's युद्धिष्ठिर, भिम, अर्जुन, नकुल र सहदेव। ध्यानअस्त मुद्रामा, ढुङ्गाको शरीर धारण गरि बसेका छन्। पहिले काठका मूर्ति थिए। स्थानीय तहले सायद यो उल्लेख्य प्रगति गरेको छ र, मूर्ति ढुङ्गामा परिवर्तन भए।
युधिष्ठिर भन्दा करीब एक मिटर टाढा छ। एक कालो पत्थर भन्ने सुनेको थे कोही उचाल्न सक्दैन। मैले उचाल्ने प्रयास गरिनँ।
जिउलाको बाटो हिँड्न सजिलो हुन्छ। हिँडौ त्यहिँ बाटो?
मार्सी धानका पात मस्त छन्, हावाका झोकासँग हल्ली रहन्छन्। कहीँ कहिँ "पुल्ती" बनाइएका छन्। गोलागार, त्रिकोण। किसानको कला प्रदर्शन, पृथ्वी क्यानभास। धानका त्यान्द्रा कुची। खेतका तल्लो छेउमा एकोहोरो बसेको हिमा खेतका भित्तामा बस्ती । गज्जब। भगवान त यहिँ बस्छ होला। यी आँखाले भगवान यतै देख्नुपर्ने।
हिँड्न सजिलो छैन। विचार गरि हिड्नुस है। असारको अन्तिममा मज्जाको हिलो छ। छिन छिनमा पानी परिरहन्छ। मौसम कस्तो सप्रेको छ। यो बेला पानी चाहिने हो। हिलो चाहिने हो त्यो पनि छ। क्या अनुकूल मौसम छ। यी दृश्य देख्न हामी कहाँ चैत वैशाखमा पाउँछौ र?
‘ब्याउली लिन लागिगया, साटा जाउ,’ एक बालकको आवज यी कानमा पर्छन्। उसले मलाई पाहुना ठान्यो कि जन्ती?
जे सुकै ठानोस् तर बहुत प्रेमिल तरिकाले भन्यो। आफ्नो कर्तव्य मनन् गर्यो।
‘किन जान लाइगन त?’
‘ट्याम भैगो त।’
उसै पनि तपाई भित्रको भगवान भोकाइसकेको छ, भोको भगवान। अवसर अगाडि छ। निम्तो पहिले न आए के भो त? अहिले आइरहेको छ। निम्ता दिने साथमा छ। जाउ है।
उसै पनि काहबत छ, ‘बिहेमा काग कुकुर अगाउँछ्न्, म त मान्छे हुँ। भगवानको सर्वश्रेष्ठ रचना हैन त? म पनि अघाउन पाउनु पर्छ।
अचार लोकल काक्राको, जिब्रोमा अलिअली टिमुर लाग्छ। काउली र नयाँ आलुको तरकारी। आमा बनाउनु हुन्थ्यो त्यहिँ स्वादको तरकारी।
असारमा यहाँ काउली नयाँ आलु तरकारी बन्छ। उता तराईमा see and satisfied भन्दै भाउ खोज्दै ठेलाबाट झोलामा बडो मुस्किलले उत्रिन्छ,‘मुला, आलु, गोभी।’
म बिहा घरको आगनमा पुग्दा दुलही रूने सेसन सुरू हुनै लागेको थियो। मैले लन्च सेसन सकिसकेपछि दुलहीका बा आमालाई एक प्लेट भातको हिसाब नमिलेर तनाव होला भन्ने डरले मैले खाना दिने हातका मालिकलाई भनेर हिँडे,‘पछि दुलहीका आमा बुवालाई भन्दिनु होला एक हटारू तपाईको कृपाले अघाएर गयो र तपाईँका छोरी ज्वाईको सुखद दापत्यको कामना पनि गरेको थियो।’
अन्न दाताकी जय। तेरो भकारी भरिरहोस्। चौ जुगे देवता तेरा अगाडि लागोस्।
यो पनि हेर्नुहोस्