‘तेस्रो विश्वयुद्ध’ लड्दैछौं हामी

कोरोना भाइरसको महामारी

सुमन थापा ‘संगम’

अहिले फैलेको कोरोना भाइरसको सुषुप्त युद्धलाई तेस्रो विश्वयुद्ध भने पनि फरक नपर्ला! आज भाइरसबाट विश्व नै नराम्रोसँग प्रताडित छ। चीनबाट शुरु भएको यो भाइरसले विश्वका करिब आठ लाख मानिसको ज्यान लिइसक्यो।  

कोरोनाले मानिसको जीवनसँग जोडिने सबै क्षेत्रमा प्रभाव पारिरहेको छ। मानवीय क्षति त हुँदैछ, यसले उधोगधन्दा, व्यापारमा पारेको असरले गर्दा आर्थिक, राजनैतिक, सामाजिक लगायतका क्षेत्र पनि उत्तिकै प्रभावित बनेका छन्।  

कुनै पनि रोग आफैंमा पीडादायी हुन्छ, त्यसमाथी पनि एकदेखी अर्कोमा सजिलै संक्रमण हुने यो भाइरसले समुदायलाई नै विभक्त बनाइदिएको छ जुन सामान्य जनजीवनका निम्ति थप पिडादायी बनेको छ। राज्यले बन्द र निषेधाज्ञा मात्र नगरी कसरी सरसफाइमा ध्यान पु-याउने, कसरी दूरी अपनाउने जस्ता चेतनामूलक कार्यक्रम चलाउनु पर्छ। र, क्वारेन्टाइन तथा आइसोलेसन क्षमता तिब्र गतिमा बढाउनु पर्छ। अनि स्वास्थ्यकर्मीलाई उत्साहित बनाउने खालका कार्यक्रम ल्याउन जरुरी देखिन्छ।

प्रकाशित मिति: : 2020-08-21 15:40:15

प्रतिकृया दिनुहोस्