बारबर्दिया नगरपालिका–८ मा ११ वर्षीया बालिका बलात्कृत भएकी छन्।
प्रहरीका अनुसार घटना बिहीबार राति साढे २ बजेतिर भएको हो।बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय चन्द्रमान विकलाई शुक्रबार पक्राउ गरेको छ।
विकले घरको बरन्डामा हजुरआमासँग निदाइरहेकी बालिकालाई बोकेर नजिकै खेतमा पुर्याई बलात्कार गरेको प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काले बताएर
उनका अनुसार निरन्तर रक्तस्रावले बालिकाको अवस्था गम्भीर बनेपछि उनलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरिएको छ।
आरोपितलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।