कोरोना, निषेधाज्ञा, प्रज्ञा र यसपालीको तीज

थाहा खबर

काठमाडौँ

डा. नम्रता पाण्डे
न देवा दण्डमादाय रक्षन्ति पशुपालवत्।

यं तु रक्षितुमिच्छन्ति बुद्‍ध्या संविभजन्तितम्॥

​हामी कुनै आपत या जोखिममा पर्‍यौँ भने भगवान हातमा लट्ठी लिएर आशीर्वाद या सुझाव दिन हाम्रो अगाडि न त अहिलेसम्म आएका छन्, न त आउनेछन्। तर, भगवान या अस्तित्व, परमात्मा या ईश्वर जे नाम दिएपनि, जे मा आस्था राखेपनि, जुन धर्म र सम्प्रदायमा अनुशरण र विश्वास गरेपनि भगवत तत्त्व एकै छ। जसले आफ्नो सृष्‍टिका सबै प्राणीको रक्षा गर्दछ। 

भगवानबाट विभिन्न माध्यममार्फत हामीमा वुद्धि, विवेक र प्रज्ञा प्राप्त छ। जतिबेला हामीलाई असहजता र प्रतिकूलता आइलाग्छ : त्यतिबेला मात्र मन्दिरको ढोकासम्म पुगी प्रार्थना गरेर हुँदैन। त्यतिबेला हामीले हाम्रो प्रज्ञा, बुद्धि, विवेक र समझको प्रयोग गर्नुपर्दछ। 

यो वर्षको तीजको बीचमा कोरोना कहरले गर्दा निषेधाज्ञा जारी भएको छ। काठमाडौँ उपत्यकामा संक्रमितको संख्या दैनिक बढ्दै जानु र समुदायमा समेत फैलिन थालेकोले स्वास्थ्य सुरक्षाको लागि यो उपाय जरूरी पनि थियो। यसप्रति गुनासो नगरी आफूमा भएको प्रज्ञा प्रयोग गरी यसपालिको तीज मनाउनुपर्छ।
 

प्रकाशित मिति: : 2020-08-21 11:45:14

प्रतिकृया दिनुहोस्