'भेन्टिलेटर अभावमा कसैले मृत्युवरण गर्न नपरोस्'

थाहा खबर

काठमाडौँ

अतिन आचार्य

नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। अहिलेसम्म संक्रमितको संख्या २९ हजार नाघेको छ। अर्कातिर ज्यान गुमाउनेको संख्याले पनि १२० छोइसकेको छ। चैत ११ देखि चार महिनासम्म गरेको लकडाउनका क्रममा कोरोनालाई जित्न सरकारले गम्भीर तयारी गर्नुपर्ने हो। तर, यो चार महिनासम्म नागरिकसँगै सरकार पनि घरमा सुतेर बसेको देखियो। महामारी नियन्त्रणमा सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, गर्नै सकेन।

सुरुमा नेपालमा कोरोना देखिएपनि संक्रमितमा लक्षण थिएन। तर, लकडाउन खोलेसँगै फैलिएको संक्रमणका कारण लक्षणसहितका बिरामी धमाधम अस्पताल भर्ना हुन थालेका छन्। पछिल्लो समय सरकारले आइसियु र भेन्टिलेटर बढाइरहेको जनाएको छ। हाल देशभर करिब १७ सय आइसियु र करिब ८०० भेन्टिलेटर रहेका छन्। तर, ११ हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको अवस्थामा यी पूर्वाधार कमी हुने अवस्था छ। यस्तोमा नेपाल भेन्टिलेटर सर्भिसेजले एक सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियान चलाएको छ। नेपाल भेन्टिलेटर सेवाका सह-संस्थापक डा. विशाल ढकाल यो अभियानमा होमिएका छन्। ब्लड बैंकबाट रगत लिएजस्तै भेन्टिलेटर बैंकबाट पनि त्यसैगरी भेन्टिलेटर लिन सकिने उनले बताएका हुन्। उनले कोभिड अस्पतालहरुलाई आवश्यकता अनुसार निःशुल्क भेन्टिलेटर मेसिन उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्‌। 
 

प्रकाशित मिति: : 2020-08-21 08:19:37

प्रतिकृया दिनुहोस्