बुधबार, १७ डिसेम्बर २०२५

निदान अस्पतालका तीन स्वास्थ्यकर्मीसहित १२ कर्मचारीमा कोरोना पुष्टि, अस्पतालका सम्पूर्ण सेवा बन्द

News Image
• • •

ललितपुरको निदान अस्पतालमा १२ जना कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पहिचान भएको छ। संक्रमण पुष्टि भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।

अस्पतालका डा. पुकारचन्द्र श्रेष्ठले मंगलबार आईसीयूमा कार्यरत तीन स्वास्थ्यकर्मी, पाँच जना गार्ड र अन्य कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको जानकारी दिए। डा. श्रेष्ठले थप संक्रमण फैलिन नदिन सेवा बन्द गर्नुपरेको बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!