बुधबार, १७ डिसेम्बर २०२५

सुनको भाउ पुनः प्रतितोला एक लाख नाघ्यो

News Image
• • •

सुनको भाउ मंगलबार पुनः प्रतितोला १ लाख माथि उक्लिएको छ। आइतबार र सोमबार लगातार घटेको सुनको भाउ मंगलबार प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर १ लाख माथि पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख ४०० र तेजाबी सुनको भाउ प्रतितोला ९९ हजार ९०० रुपैयाँमा तोकिएको छ ।

सोमबार छापावल सुन प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसका साथै चाँदीको मूल्य पनि यस दिन तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य सामान्य बढेका कारण नेपाली सुन बजारमा यसको प्रभाव परेको हो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!