बिएल संवाददाता
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका चिकित्सक डा.निरजकुमार सिंहका अनुसार १७ महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
६६ जना संक्रमितमध्ये २५ जना पर्साको बहुदरमाई नगरपालिकाका बासिन्दा हुन् । बहुदरमाई नगरपालिका–४ बहुअरीका २० जना र अन्य वडाका ५ जना संक्रमित छन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा गत साउन ३० मा बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जना गरी सात जना प्रहरीमा पनि कोरोना पोजिटिभ देखिएको डीएसपी मनोजित कुँवरले जनाए । यसैगरी वीरगन्ज महानगरपालिका–१० मुर्ति चोकका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको छपकैयका ५ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ । संक्रमितमध्ये ९ जना बाराका बासिन्दा हुन् । बाराको परसौनी गाउँपालिकामा ४ जना, पिलुवामा तीन, सिम्रौनगढ७ मा एक र कलैया–६ मा एकजना संक्रमित थपिएका छन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया