देशसञ्चार
आमाको हत्यारालाई कानूनी दायरामा ल्याउन दुई दिदी बहिनी अहिले विस्थापित भएकी छिन्।
सर्लाहीमा आमाको हत्या भएको झण्डै ६ महिना बितिसक्दा पनि हत्यागर्ने अभियुक्त अहिलेसम्म कानूनी दायरामा आउन सकेका छैनन् बरु उल्टै दुबै दिदी बहिनी विस्थापित भएका हुन्।
सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर २ की २८ वर्षिया सविता कुमारी यादव र २२ वर्षिया आशा कुमारी यादव आमाको हत्या भएपछि अहिले आफ्नै घरबाट विस्थापित भएर जनकपुरधाममा बसिरहेकी छिन्।
गत फागुन २९ गते दुवै दिदी बहिनीकी आमा कौशिलादेवी अपहरणमा परेकी थिइन् । दुई दिन पछि कौशिलाको शव भारतको बिहार राज्यको मलाही भन्ने स्थानमा बेवारिशे अवस्थामा फेला परेको थियो।
बुवाको पहिला नै मृत्यु भइसकेको अवस्थामा आमाको पनि हत्या भएपछि दुवै दिदी बहिनी अहिले जनकपुरधाममै अनाथ झै जीवन बिताई रहेकी छिन् । तर दुवैजनाले आफ्नो आमाको हत्याको आरोप आफ्नै सौतेनी आमामाथि लगाएकी छिन्।
कौशिलालाई माइतीबाट १ विघा २५ धुर जग्गा दिइएकोमा सोही जग्गाको लागि आमाको हत्या गरिएको दिदी बहिनीहरुको भनाई छ । आमाको हत्यापछि सविताले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा समेत जाहेरी दिई सकेकी छन् । तर प्रहरीले पनि यसमा कुनै चासो नलिएको दिदी बहिनीको अरोप छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया