नागरिक लगानी कोषले १००:८२ कित्ता हकप्रद सेयर जारी गर्ने

नागरिक लगानी कोषले सय कित्ताबराबर ८२ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । प्रतिसेयर सय रुपैयाँ दरले १ अर्ब ३५ करोड ९२ लाख रकमबराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको कोषले जनाएको छ ।

हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: : 2020-08-17 15:28:29

प्रतिकृया दिनुहोस्