हल्लियो देउवाको जरो !

लोकान्तर

काठमाडौँ

ईश्वर अर्याल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला असामञ्जस्यमा परेका छन् । उपसभापतिसमेत रहेका आफ्नै विश्वासपात्र विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी थालेपछि देउवाको राजनीतिक भविष्यमाथि चुनौती थपिएको छ ।

उमेरका हिसाबले हेर्ने हो भने देउवा ७४ वर्षका भए भने निधि बल्ल ६४ वर्षका भएका छन् । नेपाली कांग्रेसमा युवा पुस्ता आक्रामक ढंगले अगाडि आएकाले आफूले अर्को महाधिवेशन कुर्न नसक्ने जनाउ निधिले सभापति देउवालाई दिइसकेका छन् ।

देउवानिवास बूढानीलकण्ठ नै पुगेर निधिले १४ औं महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव राख्दा देउवा अक्क न बक्क परेका थिए ।

राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षीका रूपमा दह्रो गरी उभ्याउन नसकेको आरोप लागेका देउवाले चाहिँ यसपालि आफैं उठ्ने र अर्को महाधिवेशनमा निधिलाई सहयोग गर्ने प्रतिक्रियात्मक प्रस्ताव गरे, तर निधिले मानेनन् ।

प्रकाशित मिति: : 2020-08-16 17:08:31

प्रतिकृया दिनुहोस्