‘नेविसंघलाई बदनाम गराउने काम भइरहेको छ’

थाहा खबर

काठमाडौँ

केही दिनअघि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरू त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यालय पुगे।

पठनपाठनका लागि शैक्षिक क्यालेन्डर निर्धाण गर्नेबारे माग राख्न विद्यार्थी त्रिविमा पुगेका बेला स्थिति तनावग्रस्त बन्यो, तोडफोडको स्थिति सिर्जना भयो। बल प्रयोग गरेपछि झडप निम्तियो। तोडफोड सुरु भयो। नेविसंघले आफूहरूमाथि बल प्रयोग गरिएको बताएको छ।

त्रिभुवन विश्वविद्यालय मात्र होइन, देशका विभिन्न क्याम्पसमा बेलाबखत तोडफोड हुने गरेको छ। नेपाली विद्यार्थी राजनीतिको पहिलो निशानामा क्याम्पसको भौतिक संरचना पर्ने गरेका छन्।

यसरी गरिने तोडफोडलाई हरेक विद्यार्थी संगठनले राजनीतिक रंग दिने गरेका छन्। एकातर्फ क्याम्पसको भौतिक संरचनामा क्षति त पुग्ने गरेको छ नै, अर्कातर्फ विद्याको मन्दिरमा हुने  यस्ता गतिविधिले नेपालका प्राय: सरकारी क्याम्पसहरूमा शैक्षिक गतिविधिदेखि विद्यार्थी आन्दोलन कलंकित बन्दै गएको छ।  नेतृत्व युवापुस्तामा आउनुपर्छ भन्ने आवाज उठिरहेका बेला युवा विद्यार्थी नेताहरूको क्रियाकलापले आम नागरिकमा नै चिन्ता थपिएको छ। यसै विषयमा थाहाखबरका लागि राजु पौडेलले नेपाल विद्यार्थी संघका सभापति राजीव ढुङ्गानासँग पाँच प्रश्न गरेका छन्।
 

प्रकाशित मिति: : 2020-08-16 08:05:34

प्रतिकृया दिनुहोस्