यस्तो छ पहिरो गएपछिको लिदीको अवस्था ( १० तस्वीर)

बिएल संवाददाता

सिन्धुपाल्चाेक

अविरल वर्षापछि आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा २१ घर पहिरोले पुरिएको छ।

बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो ।
 पहिरोमा परी ४० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।

घटनास्थलमा पुग्न प्रहरीलाई तीन घन्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। 

‘एक दर्जन घरमा पूर्ण क्षति पुगेको भन्ने छ, कति मान्छे बेपत्ता भए अहिल्यै भन्न सकिने अवस्था छैन। सुरक्षाकर्मी घटनास्थल पुग्दै छन्, तत्कालै उद्धारका लागि जुटिरहेका छौं,’ प्रवक्ता डीएसपी काफ्लेले भने।

उनका अनुसार १३ जना जतिको पहिरोबाट उद्धार गरिसकिएको छ।

उनले भने, 'तीन घरमा १३ जना सदस्य थिए । बाँकी दुई घरमा कति थिए, खुल्न सकेको छैन । बाँचेको त सबै निस्किसके। अरु खै कोही निस्केको छैन। यसैले ४० जना जति भेटेको हो कि भन्ने अनुमान हो।'

घाइतेलाई अस्पताल लैजान हेलिकप्टरको पर्खाइमा रहेको उनले बताए।

'पहिरोमा पुरिएर घाइते भएका ५ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत चौतारा लगिएको छ,' उनले भने।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेकाअनुसार बेपत्ताको खोजीका लागि सेनाको टोली पुगेको छ।

घटनास्थलमा उद्धार र राहतलाई तीव्रता दिन भन्दै सभामुख सापकोटाले निर्देशन दिएकाे उनले बताए।

प्रकाशित मिति: : 2020-08-14 12:19:36

प्रतिकृया दिनुहोस्