मोरङको बुढीगंगा गाउँपालिका-१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा थप २१ कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमा बिहीबार कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक बासुदेव रेग्मीले जानकारी दिए ।
उनका अनुसार संक्रमण पुष्टि भएका कामदारलाई उद्योगभित्रै राखिएको छ । केही कर्मचारीलाई भने होम आइसोलेसनमा राखिएको संयोजक रेग्मीले बताए ।
योसँगै सो आरतिमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । अहिलेसम्म उद्योगका कामदारमध्ये २ सय जनाको पीसीआर परीक्षण गरिएको छ ।