राष्ट्रपति पुटिनकै छोरीमाथि प्रयोग गरियो कोरोना भ्याक्सिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसको भ्याक्सिनको प्रयोग आफ्नै छोरीमाथि गरिएको बताएका छन्। उनले मंगलबार कोरोनाको पहिलो भ्याक्सिन तयार भएको घोषणा गरे। 

मंगलबार मस्कोमा सरकारी अधिकारीसँगको बैठकमा पुटिनले भित्री रूपमा यसको राम्रोसँग परीक्षण भएको र भ्याक्सिन सुरक्षित रहेको दावी गरेका छन्। 

उनले बैठकमा भनेका छन्, ‘हामी ती व्यक्तिप्रति आभारी छौं, जसले हाम्रो देश र पुरा विश्वलाई यो सौंगात दिए।’ उनले आफ्नो छोरीलाई भ्याक्सिनको दुईवटा इन्जेक्सन दिएको बताए। ‘उनीहरू प्रयोगको एउटा हिस्सा बनेका थिए,’ पुटिनले भनेका छन्। 

पुटिनले भ्याक्सिनको पहिलो डोज प्रयोग गर्दा आफ्नो छोरी एक सय ४ डिग्री बिरामी भएको तर, भ्याक्सिन लगाएपछि ९८ दशमलव ६ डिग्री तल झरेको खुलासा गरेका थिए। 

उनले दोस्रो भ्याक्सिनको डोज लगाएपछि ज्वरो अलिकति बढेको देखाएपनि पछि ठिक भएको सुनाएका थिए। 

‘अहिले उनी आराम महसुस गरिरहेकी छिन् र उनको शरीरमा एकदम बढी कोरोनासँग लड्ने किटाणु बनेको छ,’ पुटिनले भनेका छन्। 

पुटिनको मारिया र यकेटेरिना नाम गरेका दुईवटा छोरी छन्। तर, दुईमध्ये कसमा भ्याक्सिन प्रयोग भएको हो, त्यो खुलासा गरिएको छैन। 

रुसी सरकारले यसअघि नै घोषणा गरिसकेको छ, देशभित्र भ्याक्सिनको पहिलो डोज बृद्धबृद्धा तथा स्वास्थ्यकर्मीलाई लगाइने छ।

प्रकाशित मिति: : 2020-08-11 17:40:28

प्रतिकृया दिनुहोस्