नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएका ५० वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।
दुवै फोक्सोमा निमोनिया भएका अछाम चौरपाटि– ५ का ती पुरुष साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका थिए।
सोमबार साँझ आएको मृतकको स्वाब परीक्षणको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए।
आइतबार साँझ उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो।
यसअघि बाँकेमै सोमबार मात्र कोहलपुर–२ की महिला, बैजनाथ गाउँपालिकाकी एक महिला र नरैनापुरका एक पुरुषले कोरानाबाट ज्यान गुमाएका थिए।