जनताको नाममा सपथ, भगवानको नाममा फण्डा

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएपछि २०७४ फागुन ३ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिएको सपथको व्यहोरा हो यो । शीतल निवासमा सपथ लिँदा उनले ‘ईश्वरको नाममा नभइ जनता’को नाममा लिएका थिए । कम्युनिस्टको ‘मन्त्र’ नै हो भन्दा फरक नपर्ला ‘भौतिकवाद’ । अर्थात् अदृश्य र पारलौकिक सत्ता वा ईश्वरलाई नमानेर जीवन र जगतका वस्तुसत्यलाई नै सिद्धान्त मान्ने कम्युनिस्टको मन्त्र हो । आदिवासी, जनजाती, महिला, मुस्लिम, पिछडिएको वर्ग, अल्पसंख्यकलगायतको दबिएका आवाजलाई बुलन्द पार्दै सामन्तवादी सोच र संस्कारकाविरुद्ध लड्ने कम्युनिस्टको नीति हो । अझ अहिले तत्कालीन एमाले र माओवादी मिलेर बनेको दुई पाइलटरुपी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को लक्ष्य समाजवादसम्म पुग्ने भनिएको छ । त्यही समाजवाद पुग्ने आधारका रुपमा अघि बढ्दैगर्दा ओलीले अन्य कम्युनिस्ट नेताले झैँ ईश्वरको नाममा नभई जनताको नाममा पद तथा गोपनीयताको सपथ लिएका थिए । 

प्रकाशित मिति: : 2020-08-10 16:33:42

प्रतिकृया दिनुहोस्