राजधानीको गोंगबुमा आइतबार विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान नभएपछि प्रहरीले फोटो सार्वजनिक गरेको छ।
गोंगबु गणेशस्थान नजिक सुटकेशमा शव र केही पर जेब्रा झोलामा पुरूषको टाउको र खुट्टा फेला परेको थियो ।
अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।
यद्यपी प्रहरीले शव भेटिएपछि ब्यापक सर्च अभियान चलाएर सुक्ष्म अनुसन्धान गरेपनि हत्या भएको व्यक्तिबारे कुनै क्लू फेला पार्न नसके पछि फोटो सार्वजनिक गरेको हो।
प्रविधिको प्रयोग र ह्युम्यान इन्टेलिजेन्स दुवै विधिबाट अनुसन्धान गरिरहेका भन्दै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार शव पहिचान गर्न गाह्रो भएकाले मृतकका आफन्त र नातागोतासम्म पुग्ने प्रयास गरिरहेका बताए।