कपिलवस्तु जिल्ला अस्पताल आजबाट सिल

 कपिलवस्तु जिल्ला अस्पताल सोमबारबाट सिल गरिएको छ । अस्पतालले इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरेको हो ।

आइतबार साँझ पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सिल गर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले बताए । 

अस्पतालमा कार्यरत अन्य ९० कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । उनीहरूको रिपोर्ट आएपछि अवस्था हेरेर अस्पताल सञ्चालन गर्ने/नगर्ने निर्णय लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

 कोरोना भाइरस संक्रमितको संख्या जिल्लामा ८ सय ५७ पुगेको छ । 

प्रकाशित मिति: : 2020-08-10 12:56:08

प्रतिकृया दिनुहोस्